Logo
Logo

असोज मसान्तसम्म बिमा नवीकरण नगर्नेलाई चर्को विलम्ब शुल्क लाग्ने


882
Shares

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले समयमा बिमा नवीकरण नगर्नेलाई चर्को शुल्क लिने निर्णय गरेको छ।

बोर्डले बुधबार सार्वजनिक सूचना निकाली आगामी असोज ३१ गते सम्म बिमा नवीकरण नगरे थप शुल्क बुझाउनु पर्ने निर्णय भएको जनाएको हो।

बोर्डले ३ बर्ष सम्म बिमा नवीकरण नगर्नेलाई योगदान रकमको ४ गुणा बढी शुल्क बुझाउनु पर्ने जनाएको छ।

‘बिगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्कक मिनाहा गर्ने तर आउँदो कात्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको तिर्नुपर्छ’ बोर्डले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बोर्डले असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने जनाएको छ।

‘स्वास्थ्य बिमाको म्याद सकिएको ३ महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने र त्यसपछि ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्छ’ सूचनामा उल्लेख गरिएको छ।

बोर्डले ६ महिनादेखि १ वर्षभित्र स्वास्थ्य बिमा नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ। त्यसपछि नवीकरण गरेको योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्ने जनाएको छ ।

दुई वर्षसम्म पनि नवीकरण नगरे योगदान रकमको ३ गुणा बराबरको शुल्क लाग्ने र ३ वर्षभन्दा बढी भएमा योगदान रकमको ३ गुणा बराबरको शुल्क बढी शुल्क लाग्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्