Logo
Logo

अवरुद्ध बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग एकतर्फी


504
Shares

काठमाडौं । रातिदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा खसेको पहिरो हटाएर सडक एकतर्फी खुलाइएको छ ।

बुधबार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो । बिहान ६ः २० बजे सडक एकतर्फी खुलाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध भएको बीपी राजमार्ग केही बेरअघि सञ्चालनमा आएको छ ।

रोशी गाउँपालिका– ९ स्थित बिरुवा डाँडा र वडा नम्बर ११ स्थित पिपलबोटमा बिहान साढे ४ बजे लेदोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरी केही बेरअघि मात्र राजमार्ग खुलाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्