Logo
Logo

माओवादीले पुनः मध्यपहाडी राजमार्गकेन्द्रीत अभियान सुरू गर्ने


63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुनः मध्यपहाडी राजमार्गकेन्द्रीत अभियान सुरू गर्ने भएको छ । पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्नी सापकोटाले भदौ २१ गतेदेखि लमजुङबाट अभियान सुरू हुने तय भएको कताए ।

उनका अनुसार अभियान लमजुङदेखि गोरखा, धादिङ हुँदै नुवाकोट पुग्नेछ । लमजुङमा भदौ २१ र २२ गते बिहान, २२ गते दिउँसो र २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा अभियान केन्द्रित कार्यक्रम हुनेछ ।

अभियानमा विभिन्न स्थानमा सभा, अन्तरक्रिया हुनेछ । अभियानमा अध्यक्ष, उपाध्यक्षहरू र महासचिव सहभागी हुने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जिल्लामा हुने सभालाई सम्बोधन गर्ने प्रवक्ता सापकोटाले बताए । उनका अनुसार चार जिल्लामा कार्यक्रम गरेपछि बाँकी जिल्लाहरूको तय गरेअनुसार हुनेछ ।

माओवादी केन्द्रले गत जेठ २ गतेदेखि मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गरेको थियो । बैतडीबाट सुरू भएको अभियान बर्खाका कारण पोखरा आइपुगेर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्