Logo
Logo

प्रधानमन्त्री ओलीले आज सांसदमा सम्बोधन गर्ने, रास्वपाले अवरोध नगर्ने


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले सो जानकारी गराउन संसदमा सम्बोधन गर्ने भएका हुन् ।

चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जानेछन् । त्यसबारे पनि उनलृ सांसदमा जानकारी दिने अनुमान छ । साथै, सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले सम्बोधनमा समेट्ने बताइएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले आज भने प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न दिने बताएको छ । यसअघि रास्वपाले सांसद बैठक अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्