Logo
Logo

रन्जिताले बोलाइन् केन्द्रीय समिति बैठक, यस्ता छन् छलफलका एजेण्डा


1.4k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन् । अध्यक्ष श्रेष्ठले भदौ १५ र १६ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएकी हुन् ।

बैठक कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्नेछ । बैठकमा चार वटा कार्यसूची तय गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषयमा छलफल हुनेछ ।

गत साउन १६ गतेको राष्ट्रिय भेलाबाट संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो । रेशम पक्षले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अद्यावधिका लागि निवेदन दिएको भए पनि आयोगले भेला नै अवैध भन्दै खारेज गरिदिएको थियो । त्यसपछि नाउपाको पहिलोपटक बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्