काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्ने गरी भएको सहमतिबारे सरकारसँग दुवै मुलुकसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत र चीनसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यू छिमेकी राष्ट्र चीन र भारत भ्रमणमा जाँदै हुनुहुन्छ भन्ने कुरा सुनेको छु,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे भारत र चीनसँग प्रधानमन्त्री स्तरीय वार्ता गर्नुपर्छ । र यो वार्ता गर्न हामी अपिल गर्दछौँ ।’
उनले लिपुलेक९लिम्पियाधुराबारे संयुक्त राष्ट्रसङ्घमा किन कुरा नउठाइएको नेर सरकारलाई सोधे । ‘यो विषय संयुक्त राष्ट्रसङ्घमा उठाइयोस् । तर अहिलेको सरकार पोलियो रोग लागेको मान्छे जस्तै रहे छ’, उनले भने ।
उनले उखु किसानको माग सम्बोधन गर्न नसक्ने दुईतिहाइको सरकारलाई कमजोरको संज्ञा दिए । उनले गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भिजिट भिसामा ९० दिन हुन लाग्दा पनि छानबिन नभएको बताए ।
‘हामीले आन्दोलन गरेको ९० दिन हुन लागिसक्यो । हामी आन्दोलन गर्नेलाई भन्दा हेर्नेलाई लाज भइसक्यो’, उनले भने, ‘भिजिट भिसासम्बन्धी अपराधमा छानबिन हुनैपर्छ ।’














