Logo
Logo

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट


882
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच चीनको तियानजिन अतिथि गृहमा भेट भएको हो । सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली आजै त्यहाँ पुगेका हुन् ।

The current image has no alternative text. The file name is: chaina-1.jpg

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत प्रस्थान गरेका उनी तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । 

चीनमा रहँदा ओलीले चीनको सैन्य परेडमा समेत भाग लिने छन् । तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना हुनेछन् ।  

सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन् । 

प्रतिक्रिया दिनुहोस्