
काठमाडौं । निजामती कर्मचारीलाई अवकाशपछि केही समय सरकारी नियुक्तिमा जान नपाउने व्यवस्था, अर्थात् ‘कुलिङ अफ पिरियड’, राख्ने सहमति भएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शनिबार बसेको बैठकमा २ वर्षको कुलिङ अफ पिरियड राख्ने सर्वसम्मत निर्णय भएको छ । समिति सदस्य बेदुराम भुसालले प्रतिनिधिसभाबाट भएको त्रुटि सच्याउँदै कुलिङ अफ पिरियडको व्यवस्था गर्ने सहमति जनाएका छन् ।
उनका अनुसार समितिमा २ वर्षको कुलिङ अफ पिरियड राख्ने विषयमा सर्वसम्मति भएको छ । प्रतिनिधिसभाबाट भएको त्रुटि सच्याउने निर्णय पनि गरिएको छ । यो सहमतिअनुसार अब निजामती सेवा सम्बन्धी विधेयक समितिबाट तयार हुनेछ ।














