Logo
Logo

राष्ट्रपति सीसँगको भेटवार्ता फलदायी : प्रधानमन्त्री ओली


1.1k
Shares

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । शनिवार थियानजिनमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: rastpati.jpg

भेटवार्तामा दुई राष्ट्रबिचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोग बढाउन सहमति भएको समेत प्रधानमन्त्री ओली बताएका छन् । प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा आमन्त्रित गरेको राष्ट्रपति सीलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्