Logo
Logo

ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी 


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।

The current image has no alternative text. The file name is: ishwor-pokhrel.jpg

चीन भ्रमणमा जानुअघि ओलीले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्