Logo
Logo

प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको भ्रमण


315
Shares

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । अहिले चीनको थियानजिन रहेका प्रधानमन्त्री ओलीले आइतबार बिहान जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरिसकेका छन् । राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा गएका ओली बुधबारसम्म चीनमा रहने छन् ।

चीन भ्रमणबारे शुक्रबार प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्