Logo
Logo

एमाले बहिष्कारबीच धरान उपमहानगरको बजेट अनुमोदन


1.7k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाको बजेट समय घर्केपछि एमालेको बहिष्कारबीच अल्पमतबाट बजेट अनुमोदन गरेको छ ।

The current image has no alternative text. The file name is: Harka-sampang.jpg

संवैधानिक बाध्यताअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि आन्तरिक किचलोले दुई महिना ढिलाइ भएको छ । मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधिले एकतर्फी रूपमा बजेट अनुमोदन गरेको घोषणा गरेका हुन् ।

शुक्रबारको कार्यपालिका बैठकमा सहमति नजुटेपछि एमालेका १५ सदस्यले बजेट पुनर्लेखन माग गर्दै बैठक बहिष्कार गरेको थियो ।

बाँकी ११ जनाको उपस्थितिमा बजेट अनुमोदन गरिएको मेयर हर्क साम्पाङको दाबी छ । उपमेयर बेघाले सिलिङअनुसार बजेट ब्रेकडाउन गरी नगरसभाबाट पारित गर्ने बताए ।

एमालेले घाटा बजेट स्वीकार्य नभएको जनाएको छ । एमाले नेतृ सावित्री परियारले राजस्व परामर्श समितिको १ अर्ब ६० करोडको सट्टा २ अर्ब २० करोडको घाटा बजेट प्रस्ताव गरेको भन्दै आपत्ति जनाइन् । कर वृद्धि र मेयर-उपमेयर कोषजस्ता अबान्तर कोष खारेज गर्नुपर्ने एमालेको माग छ ।

प्रतिक्रिया दिनुहोस्