
काठमाडौं । आफ्नै स्कुलमा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।
बालिका बलात्कार गरेको आरोपमा बेलका नगरपालिका २ स्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् ।
उनले शनिबार राति १०ः ४५ बजे बोर्डिङ स्कुलको कार्यकक्षभित्रै बालिका बलात्कृत गरेको भन्दै उजुरी परेको थियो । उक्त जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बालिकाकी भाउजुले दोषीमाथि आवश्यक कारबाही गरी पाउँ भनि उजुरी दिएपछि श्रेष्ठलाई आइतबार साँझ पक्राउ गरिएको उदयपुरका डिएसपी केदारमान दोङले जानकारी दिए ।
श्रेष्ठलाई इप्रका रामपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














