काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष (आव)मा कर्मचारी बोनसका लागि छुट्याएको रकम समग्रमा वृद्धि भएको छ । २० वटा बैंकले जम्मा १० अर्ब ६१ करोड रुपैयाँ बोनसका लागि छुट्याएका छन् । जुन अघिल्लो आवको तुलनामा करीब १० प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूले कर्मचारीको बोनसका लागि ९ अर्ब ६७ करोड रुपैयाँ छुट्याएका थिए ।

बोनस ऐनमा कर्मचारी बोनसका लागि नाफाको १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार २० बैंकले कर्मचारीका लागि १० अर्ब ६१ करोड रुपैयाँ छुट्याएका हुन् । गत आवमा बैंकहरूको नाफा अघिल्लो आवको तुलनामा ४३.३९ प्रतिशतले बढ्दा कर्मचारीलाई दिने बोनस भने ९७२ प्रतिशतले बढेको हो ।
नाफा झण्डै ४३ प्रतिशतले बढ्दा पनि बोनसमा सीमित मात्रै वृद्धिदर देखिएको छ । तर यसबीच, एनआइसी एसिया बैंक भने बोनस वितरणमा निकै कमजोर देखिएको छ ।
अधिकांश सूचकहरू निराशाजनक अवस्थामा रहेको यस बैंकका कर्मचारीहरूले पाउने बोनस पनि निकै कमजोर देखिएको हो ।
नबिल बैंकले १ अर्ब १५ करोड रुपैयाँ हाराहारी बोनस छुट्याएर सबैभन्दा अगाडि छ । तर एनआइसी एसिया बैंकले २ करोड ४० लाख रुपैयाँमात्रै बोनसका लागि छुट्याएको छ । अघिल्लो आवको तुलनामा यस बैंकको बोनस खर्च ८८.७८ प्रतिशतले घटेको छ । यो अनुपात अन्य बैंकहरूको तुलनामा निकै नकारात्मक हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड रुपैयाँ बोनस छुट्याएर अघिल्लो आवभन्दा ३० प्रतिशत बढी खर्च गरेको छ । ग्लोबल आईएमईले पनि ९७ करोड ६० लाख रुपैयाँ बोनस छुट्याएर २.५३ प्रतिशतले बढाएको छ । मध्यम आकारका प्राइम, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ लगायतका बैंकले समेत बोनसमा उल्लेख्य वृद्धि गरेका छन् । तर विगतमा आक्रामक व्यापार गरेको एनआइसी एसिया बंैकले भने बोनस कटौति गर्नुपरेको छ । जसले बैंकको कमजोर अवस्था झल्काउँछ ।
ग्लोबल आइएमई बैंकले ९७ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले धेरै हो । यस्तै एभरेष्ट बैंकले ८२ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.९८ प्रतिशतले धेरै हो । प्राइम बैंकले कर्मचारीका लागि बोनस बापत ६५ करोड ९८ लाख रुपैयाँ छुटयाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.४० प्रतिशतले धेरै हो ।
नबिल बैंकले १ अर्ब १५ करोड रुपैयाँ हाराहारी बोनस छुट्याएर सबैभन्दा अगाडि छ । तर एनआइसी एसिया बैंकले २ करोड ४० लाख रुपैयाँमात्रै बोनसका लागि छुट्याएको छ । अघिल्लो आवको तुलनामा यस बैंकको बोनस खर्च ८८.७८ प्रतिशतले घटेको छ । यो अनुपात अन्य बैंकहरूको तुलनामा निकै नकारात्मक हो ।
यस्तै कुमारी बैंकले कर्मचारी बोनसका लागि छुट्याएको रकम ४७.१६ प्रतिशतले बढेर ६४ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकले कर्मचारी बोनसका लागि छुट्याएको रकम ३५.०९ प्रतिशतले बढेर ६४ करोड ९ लाख, सिद्धार्थ बैंकले कर्मचारीका लागि छुट्याएको रकम १५.५३ प्रतिशतले बढेर ५५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
एनएमबी बैंकले कर्मचारीका लागि छुट्याएको रकम ४०.४४ प्रतिशतले बढेर ५२ करोड १७ लाख, सानिमा बैंकले कर्मचारीका लागि छुट्याएको रकम ६.११ प्रतिशतले बढेर ३९ करोड ५४ लाख, माछापुच्छ्र«े बैंकले कर्मचारीका लागि छुट्याएको रकम ४९.६५ प्रतिशतले बढेर ३२ करोड २७ लाख, कृषि विकास बैंकले कर्मचारीका लागि छुट्याएको रकम १०.४७ प्रतिशतले बढेर ३० करोड ७९ लाख, राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याएको रकम २.९२ प्रतिशतले बढेर २८ करोड ६९ लाख, नेपाल बैंकले कर्मचारीका लागि छुट्याएको रकम ८७.५५ प्रतिशतले बढेर २८ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
प्रभु बैंकले कर्मचारीको बोनसका लागि भन्दै ७० करोड ५ लाख रुपैयाँ छुट्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६२ प्रतिशत कम हो । स्टयान्डर्ड चार्टर्ड बैंकले कर्मचारीका लागि छुट्याएको रकम ३.६६ प्रतिशतले घटेर ५० करोड ६० लाख, नेपाल एसबीआई बैंकले कर्मचारीका लागि छुट्याएको रकम ५.८७ प्रतिशतले घटेर ३० करोड ११ लाख, हिमालयन बैंकले कर्मचारी बोनसका लागि छुट्याएको रकम ४८.४४ प्रतिशतले घटेर २३ करोड १८ लाख, सिटिजन्स बैंकले कर्मचारी बोनसका लागि छुट्याएको रकम ११.९० प्रतिशतले घटेर २० करोड ४२ लाख र एनआइसी एशिया बैंकले कर्मचारी बोनसका लागि छुट्याएको रकम ८८.७८ प्रतिशतले घटेर २ करोड ४० लाख रुपैयाँ मात्रै रहेको छ ।
वाणिज्य बैंकहरूको बोनस केकति छुट्याउने भन्ने बैंकको नाफा, पुँजी संरचना र व्यवस्थापन क्षमताले निर्धारण गर्छ । समग्रमा नाफा ४३ प्रतिशतले बढ्दा नि एनआइसी एसियाले बोनसमा झण्डै ९० प्रतिशत कटौती गरेको छ ।
जसले यस बैंकको वास्तविक नाफा र खर्च व्यवस्थापनमा दवाव रहेको स्पष्ट देखाउँछ । प्रभु, स्ट्याण्र्डड चार्टड, हिमालयन, सिटिजन्स लगायतका वाणिज्य बैंकहरूले पनि बोनसमा कटौति गरेका छन् । तर ती सबैको बोनस कटौति एकल अंकदेखि ४८ प्रतिशतसम्म सीमित छ । तर एनआइसी एसियाले भने झण्डै ९० प्रतिशत बोनस कटौति गरेको छ, जुन असामान्य अवस्था हो ।
यो स्थितिले एनआइसी एसियालाई झनै कमजोर बनाएको छ । यसरी बोनस घटाउँदा कर्मचारीको मनोबल गुम्न सक्ने खतरा विज्ञहरू औंल्याउँछन् । अन्य बैंकहरूले बोनस बढाउँदै लगिररहँदा एनआइसीले घटाउँदा भविष्यमा यो बैंक थप संकटमा पर्न सक्ने समेत सम्भावना बढाउने देखिन्छ ।











