Logo
Logo

श्रीमतीको हत्या गरी भान्छामै गाडे शव, घटना लुकाउन छोरीलाई धम्की !


2.1k
Shares

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, पातलेपोखरामा श्रीमतीको हत्या गरी श्रीमानले भान्छामा शव गाडेको अवस्थामा भेटिएको छ ।

The current image has no alternative text. The file name is: hatay.gif

प्रहरीले हराएकी महिलाको खोजी गर्दा उनकै घरको भान्छामा शव गाडिएको अवस्थामा फेला पारेको हो । प्यूठान, नौबहिनी गाउँपालिका-१, स्याउलीबाङका ३६ वर्षीय किरण गुरुङ आठ वर्षदेखि पातलेपोखरामा बस्दै आएका थिए । उनी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षीया छोरी सरुसँग बस्थे ।

केही दिनदेखि सुमित्रा बेपत्ता भएपछि माइती र छरछिमेकले प्रहरीमा खबर गरेका थिए । १६ भदौमा प्रहरी चौकी बाल्कोटमा सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा १२ भदौको राति श्रीमान श्रीमतीबीच विवाद भएको र किरणले सुमित्रालाई बाँसको भाँटा र हँसियाले हानेर हत्या गरेको खुलेको हो । हत्यापछि शवलाई कम्बलमा पोको पारी भान्छामा खाल्डो खनेर गाडिएको थियो ।

घरमा गन्ध फैलिएपछि प्रहरीले खाल्डो खन्दा सुमित्राको शव फेला परेको हो ।  शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । 

प्रहरीले किरणलाई पक्राउ गरेको छ । उनीहरूको यो दोस्रो विवाह थियो । किरणले मादक पदार्थ सेवन गरी हत्या गरेको र छोरीलाई धम्की दिएकाले उनले घटना लुकाएको प्रहरीले जनाएको छ । हत्या र शव गाड्न प्रयोग भएका हँसिया, बेल्चा, कोदालो र मदिराको बोतल बरामद भएको छ । किरणविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्