Logo
Logo

उपरथी थापालाई दर्ज्यानी चिन्ह प्रदान


2.3k
Shares

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायकरथी भोलानाथ थापाले दज्र्यानी चिन्ह पाएका छन् । बुधबार जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी थापाले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन् । कार्यक्रममा बलाधिकृत र बलाध्यक्ष रथीसहित सैनिक अधिकृतहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्