
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्यमा मनाेनित गरेको हो ।
योसँगै माओवादीमा ४७ सदस्यीय स्थायी समिति बनेको छ । यसअघि एकता प्रक्रियामा जोडिएका गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजुलाई स्थायी कमिटी सदस्य बनाइएको थियो ।














