काठमाडौं । सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन गरिरहे पनि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफ्ना गतिविधि फेसबुकमार्फत अद्यावधिक गरेका छन् । यसले सरकारको नीति र व्यवहारमा विरोधाभास देखिएको भन्दै प्रश्न उठेका छन् ।

मन्त्री पौडेलले फेसबुकमा लेखेका छन्, नेपाली नागरिकको वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन निशुल्क स्वास्थ्य परिक्षण तथा लागत खर्च रोजगारदाता (‘इम्प्लोयर) ले नै व्यहोर्नु पर्ने ‘इम्प्लोयर पे पोलिसी’ लागू गर्न हामीले निरन्तर पहल गरिरकेका थियौं/ छौं।
यस नीतिलाई अन्तर्राष्ट्रियकरण गर्दै हामीले विश्व स्वास्थ्य संगठन (WHO) समक्ष एक साझा मुद्दाको रुपमा उठाउन प्रस्ताव समेत गरिसकेका छौं।यसै सन्दर्भमा, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खरै साउदी अरबसँग गरेको श्रम सम्झौतामा यी विषयलाई समेट्दै ‘इम्प्लोयर पे पोलिसी’ को व्यवस्था सहित सम्झौता गरेको छ। यसरी नै आगामी दिनमा अन्य सबै मुलुकसँग हुने श्रम सम्झौता तथा नवीकरणमा यो नीति अनिवार्य शर्तको रुपमा स्थापित हुने विश्वास हामीले लिएका छौँ ।’














