Logo
Logo

प्रधानमन्त्रीको सचिवालयद्वारा सरकारकै निर्णयको उल्लंघन : फेसबुकमा खुलमखुल्ला प्रचार


2k
Shares

काठमाडौं । दूरसञ्चार प्राधिकरणले आफ्नो सेवा अन्तर्गतको इन्टरनेट र डेटा प्याकेजबाट सरकारको निष्क्रिय सूचीमा रहेका सामाजिक सञ्जाल बन्द गरेको छ ।

इन्टरनेट सेवा प्रदायकले पनि धमाधम ग्राहकलाई सूचना पठाउँदै सामाजिक सञ्जाल नचल्ने बनाएका छन् । तर यही सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने खुलमखुल्ला फेसबुकमा आफ्ना गतिविधिको प्रचार गरिरहेको छ ।

सबैतिर फेसबुक बन्दको चर्चा गर्दा एमालेको जारी विधान महाधिवेशनको उद्घाटन सत्रमा तस्बिरसहित प्रधानमन्त्रीको सचिवालयले आफ्नै नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयनलाई जिस्क्याएको छ ।

प्रधानमन्त्रीको सचिवालयले ‘एमालेको दोस्रो विधान महाधिवेशन सुरु’ क्याप्सनमा १५ तस्बिर राखेको छ । त्यसो त फेसबुक प्रयोगकर्ताले प्रधानमन्त्रीको सचिवालयलाई नै प्रश्न उठाएका छन् । 

नेपालमा अहिले करिब करिब फेसबुक नचलेको अवस्था छ । यही अवस्थामा पनि प्रधानमन्त्रीको सचिवालयमा पोस्टकै तल सरकारको निर्णय कार्यान्वयन प्रधानमन्त्रीको सचिवालय नै बाधक भन्ने आशयका प्रश्न उठिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्