Logo
Logo

एमाले महाधिवेशन भाँड्ने प्रयास भयो : ओली


63
Shares

काठमाडौं । लितपुरको गोदावरीस्थित सनराइज सभाहलमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्र शुक्रवार एक घण्टा ढिला सुरु भएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम प्रभावित भएको हो । 

The current image has no alternative text. The file name is: kp-oli-bidhan-mahadebishan.jpg

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने बताए । उनले दुर्घटना अनपेक्षित भएको उल्लेख गर्दै यसलाई लिएर महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएकोप्रति दुख व्यक्त गरे । ‘सामान्य रूपमा गाडीले बालिकालाई छोयो । उनलाई अस्पताल लगिएको छ । पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्छ। यस्ता अप्रिय घटना कहिलेकाहीं हुन्छन्, जसले कार्यक्रममा ढिलाइ भयो,’ ओलीले भने ।

बन्दसत्रमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेस भइरहेको छ। निर्वाचन आयोगका संयोजक डा। विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । यसअघि शुक्रवार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहराको प्रतिवेदन पेस भइसकेका छन् । प्रतिवेदनमाथि १० समूहमा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्