Logo
Logo

एमाले विधान महाधिवेशन सुरु, तीनवटा प्रतिवेदन पेस हुने


63
Shares

काठमाडौं  । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिनका कार्यक्रम सुरु भएका छन् । आज महाधिवेशनमा तीनवटा प्रतिवेदन पेस हुने छन् ।

The current image has no alternative text. The file name is: yamle.gif

निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ । पहिलो दिन उद्घाटनसहित चारवटा प्रतिवेदन पेस भएका थिए ।

ती प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन समावेश छन् ।

आज बिहान १० बजेसम्म प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल सुरु गर्ने पार्टीको योजना छ । महाधिवेशनमा देशभरबाट २,०२६ प्रतिनिधि र आयोजकका रूपमा ३१५ जना थप गरी कुल २,३४१ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्