Logo
Logo

कर्ण थापालाई फरक मत राख्न दिएनन् ओलीले


1.3k
Shares

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत प्रस्तुत गर्नबाट रोकेका छन् । 

The current image has no alternative text. The file name is: karna.jpg

बैठक सुरु भएलगत्तै थापाले ३२ पृष्ठको फरक मत प्रस्तुत गर्न खोजेका थिए, तर ओलीले समय अभावको कारण देखाउँदै उनलाई रोके । ओलीले भने, ‘अहिले हाम्रो समय सीमित छ, समूहगत छलफलमा जाऔँ ।’ थापाले त्यसपछि आफ्नो फरक मतको लिखित प्रति प्रतिनिधिहरूलाई वितरण गरे ।

थापाले समूह९समूहमा फरक मत बाँडे, तर प्रस्तुत गर्न अध्यक्षले अनुमति दिनुभएनन्  ।  ओलीले भने, ‘यदि बेलुका वा भोलिसम्म समय भयो भने छलफल गरौँला । तपाईँको कुरा र हाम्रो कुरामा खासै भिन्नता छैन, नयाँ कुरा पनि देखिएन । अहिलेलाई समूह छलफलमा जाऔँ ।’ त्यसपछि उनले प्रतिवेदनमाथि छलफल गर्न नौवटा समूह बनाएर प्रतिनिधिहरूलाई पठाए ।

प्रतिक्रिया दिनुहोस्