पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ ।

जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको यो अभियान बर्खाका कारण रोकिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अभियान पुनः सुरु गर्न पोखरा पुगेका छन् ।
पार्टीले जेठ १२ गते पोखरामा स्थगित गरेको अभियान आज रुपा–१, स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुँदै छ । साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकले बाँकी जिल्लाहरूमा भदौ २१ गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।














