Logo
Logo

सामाजिक सञ्जाल बन्दबारे कांग्रेस नेताहरुले जनाए असन्तुष्टि


63
Shares

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । आजको बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुमा पर्यटनमन्त्री बद्री पाण्डेमात्रै सहभागी थिए । उनी चीनमा रहेको बेला सरकारले निर्णय गरेको हुँदा पाण्डेले सामाजिक सञ्जाल बन्द गर्नुपरेको कारणबारे सरकारी धारणा राखेनन् ।

सरकारमा सहभागी अरु मन्त्रीसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेबारे पनि बैठकमा छलफल भएको थियो । नेपालमा सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै सरकारले भदौ १९ गते फेसबुकसहितका दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्