काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसहमतिले पास भएका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसका अलवा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए । ती प्रतिवेदनहरू हलबाट सर्वसम्मतिले पास भएको हो ।














