काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कफ्र्यू जारी गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कफ्र्यू जारी भइसकेको जानकारी दिए । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
कफ्र्यू लगाउनुअघि प्रजिअ रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्श गरेका थिए। गृहमन्त्री प्रहरीसम्बन्धी विधेयकमा छलफलमा थिए । मध्यान्ह साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कफ्र्यू आदेश लगाएको छ ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कफ्र्यू आदेश जारी भएको हो ।
त्यस्तै बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कफ्र्यू आदेश जारी भएको छ ।














