Logo
Logo

चट्याङ लागेर घाँस काटिरहेकी महिलाको मृत्यु


0
Shares

काठमाडौं । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।

सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेर मण्डलको मृत्यु भएको जानकारी दिए ।

उनले भने, ‘अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ .।’ प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेरका छन् ।

प्रतिक्रिया दिनुहोस्