Logo
Logo

कोहलपुर प्रहरी हिरासतमा थुनुवाको मृत्यु


567
Shares

काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी नरेश पातलीले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । उद्यपी, सिंहको मृत्युको कारण प्रहरीले खुलाएको छैन । मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्