Logo
Logo

प्रदर्शनकारीले खोसे प्रहरीको सञ्चार सेट


63
Shares

काठमाडौं । नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ । प्रदर्शनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएपछि उक्त क्षेत्र अशान्त भएको हो । गोली लागेर धेरै व्यक्ति घाइते भएका छन् भने केहीको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: sanchar-set.jpg

आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएको छ । आन्दोलनकारीहरूले संसद् भवन प्रवेश गर्न खोज्ने र पर्खाल भत्काउने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ । स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको छ, तर आन्दोलनकारीहरू हटेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्