काठमाडौं । सोमबार राजधानी काठमाडौंमा भएको जेन–जी युवाहरूको प्रदर्शन हिंसात्मक बन्दै जाँदा घाइते र मृतकको संख्या बढ्दो छ। दिउँसो पौने ४ बजेसम्मको विवरणअनुसार, विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १४ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार मृत्यु हुनेहरूको विवरण यस्तो छ:
- ट्रमा सेन्टर: ६ जना
- सिभिल अस्पताल: ३ जना
- केएमसी अस्पताल: १ जना
- त्रिवि शिक्षण अस्पताल: १ जना
- एभरेष्ट अस्पताल: ३ जना
कुन अस्पतालमा कति घाइते छन्?
प्रदर्शनमा घाइते भएकाहरूको विवरण मन्त्रालयले संकलन गरिरहेको छ। दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार:
- एभरेष्ट अस्पताल: ३४ जना
- ट्रमा सेन्टर: २४ जना
- केएमसी अस्पताल: २० जना
- त्रिवि शिक्षण अस्पताल: १५ जना
- सिभिल अस्पताल: सबैभन्दा धेरै घाइते भए पनि यकिन संख्या उल्लेख भएको छैन
यसका साथै केही घाइतेहरूलाई पाटन अस्पतालमा पनि लगिएको छ। त्यहाँको विवरण संकलनको प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।
अस्पतालहरूमा बेड अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ भने राजधानीका विभिन्न क्षेत्रमा अझै पनि प्रदर्शन जारी छ। प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूको सहभागिता नघटेको देखिन्छ।














