Logo
Logo

भावी आइजीमा कार्की र अधिकारीकै टक्कर


11.5k
Shares

काठमाडौं । गृहमन्त्रालयको एउटा टिम एआइजी दानबहादुर कार्कीलाई बोकेर हिडेपछि स्वंय कार्की पनि खुसी देखिएका छैनन । भावी आइजीपीको लागि गृहमन्त्रीको सचिवालय टिमले कार्कीलाई बोकेर दौडिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निगरानीमा रहेको टिमले कार्कीलाई बोक्न थालेपछि शंकास्पद देखिएको हो ।

एआइजी दानबहादुर कार्की र राजन अधिकरी

भिजिट भिसा प्रकरणमा मन्त्रीको सचिवलाय मुछिएको थियो । प्रहरी संगठनमा ४ वटा एआइजी प्रमुख रहने युनिट खाली भएपछि गृह मन्त्रालय एआइजी सरुवाको तयारीमा जुटेको त्यसका लागि एआइजी कार्की र अर्का एआइजी राजन अधिकरीबीच कडा टक्कर चलिरहेको छ ।

आगामी मंसिर २७ पछिको आइजीपीका लागि अधिकारीको माहोल विस्तारै बनिरहेका बेला कार्कीलाई भने मन्त्रीकै सचिवालयले न्वारानदेखिेको बल लगाउन थालेको हो ।

तत्कालीन आइजीपी दिपक थापाको ब्याच अनिवार्य अवकाशमा गएपछि संगठनका महत्त्वपूर्ण युनिटहरू खाली भएको ती यूनिटको कमाण्ड गर्न पनि कार्की र अधिकारीबीच नै हानथाप चलिरहेको छ । ‘कार्की अधिकारी दुई महिनाको कमाण्ड सम्हाल्न भन्दा पनि संगठनको प्रमुख हुन कुदिरहेका बेला गृह र प्रहरी प्रधानकार्यालयका अधिकारीहरु भने सिआइबीमा पठाउनका लागि कुदिरहेका छन्’, स्रोतले भन्यो ।

प्रहरी एकेडेमीमा सुदिप गिरी अवकाशमा गएपछि त्यहाँ खाली भएको छ । त्यहाँ डा. मनोज केसीलाई पठाउने तयारी भैरहेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट टेक तामाङ अवकाशमा गएपछि त्यहाँ जानका लागि सिद्ध विक्रम शाहले तनमन धन लगाइरहेका छन् । उनी आफूलाई आइजीपीको प्रतिस्पर्धी भएको भन्दै सिआइबी पनि ताकिरहेका छन् । सिआइबीबाट चन्द्रकुबेर खापुङ आइजीपी नियुक्त भएपछि खाली रहेकाले त्यहाँ जान कार्की अधिकारीको टक्कर परिरहेको छ । त्यहाँ जो गयो उही आइजीपी हुने भाष्य निर्माण भएकाले अहिले त्यहाँ जानका लागि दुवै जनाले ठूलै प्रयास गरिरहेको देखाउन खोजिएको छ । यद्यपि, उनीहरुआफै त्यहाँ जान चाहन्छकि चाहदैनन भन्ने खुलेको छैन ।

सिआइबी तटस्थ÷संगठनभित्रको हैसियत, अनुसन्धान अनुभव, वरिष्ठता बलियो भएका कारण कार्कीको दौडधुप चलेको हो भने राजन अधिकारीले सिआइबी जान लागिरहेका छन् । प्रधानमन्त्री केपी ओली निकट सत्ता सञ्जाल बलियो भएका कारण उनको संभावना पनि उत्तिकै रहेको छ । एआइजीद्वय कार्की र अधिकारीले प्रधानमन्त्रीलाई समेत भेटिसकेका छन् । ‘भावी आइजीपीका लागि संगठन सञ्चालनको खाका लिएर प्रधानमन्त्रीसँग भेटघाट गरेका छन्’, स्रोतले दृष्टिलाई भन्यो ।

२०८४ को आम निर्वाचन हाँक्नका लागि एमाले र कांग्रेस दुबै दलको सहमतिमा भावी आइजीपी छनौट हुने बताइन्छ । तीन वर्ष पुरै आइजीपी हुने सूची र भाग्यमानीमा मानव स्रोत विभागमा कार्यरत व्यवसायिक, नैतिकवान एआइजी कार्की र अपराध अनुसन्धान विभागका प्रमुख रहेका कही पनि विवादमा नआएका व्यशायीक प्रहरी अधिकृत एआइजी अधिकारी मध्ये एक पर्ने निश्चित जस्तै रहेको छ ।

३३औं आइजीपी नियुक्ति हुने सम्भावना रहेका कार्की र अधिकारीले शक्ति सन्तुलनमा राख्ने कोसिस गरिरहेका छन् । उनीहरु दुवै जना २०८२ बैशाख ४ मा एआइजीमा बढुवा भएका थिए ।

नेपाल प्रहरीमा भावी आइजीपीको दावेदारका रूपमा हेरिदै आएका एआइजी कार्की सामान्य विवादमा बाहेक अन्य केहीमा परेका भने छैनन् । उनी योग्यता, क्षमता, दक्षता र कार्यसम्पादन मूल्यांकनमा पनि दुवै जना उस्तै उस्तै रहेका छन् । अहिले वरियतामा उनीहरु एक र दुई रहेका छन् । ‘पहिलो र दोस्रोबीच प्रतिस्पर्धा हुनु सामान्य हो’, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्