Logo
Logo

बालकोटतर्फ बढेका जेन–जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइयो


126
Shares

काठमाडौं। भक्तपुर, बालकोटस्थित प्रधानमन्त्री निवास घेराउने उद्देश्यले अघि बढेका जेन–जी आन्दोलनकारीलाई प्रहरीको हस्तक्षेपमा मनोहरा पुलबाट फिर्ता पठाइएको छ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एक अधिकृतका अनुसार काठमाडौंबाट बालकोटतर्फ जाँदै गरेको एउटा प्रदर्शनकारी समूहको जानकारी पाएपछि मनोहरा क्षेत्र (जहाँ काठमाडौं र भक्तपुरको सिमाना पर्छ) मा तैनाथ प्रहरीले उनीहरूलाई रोक्न सफल भएको हो।

उक्त समूहमा करिब डेढदेखि दुई सयसम्म प्रदर्शनकारी थिए। उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै बालकोटतर्फ अघि बढिरहेका थिए।

यसअघि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएपछि आन्दोलनकारीहरू राजधानीका विभिन्न क्षेत्रतर्फ छरिएका छन्। त्यसैक्रममा केही समूह प्रधानमन्त्री निवासतर्फ अघि बढेको देखिएको हो।

प्रहरीले सुरक्षा अवस्था चनाखो बनाउँदै संवेदनशील क्षेत्रतर्फ प्रवेश गर्न नदिने रणनीति अपनाएको छ।

प्रतिक्रिया दिनुहोस्