
काठमाडौं । आन्दोलनरत जेनजीले बुटवलमा पनि नेकपा एमालेको पार्टी कार्यालय घेराउ गरेका छन् । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलत बनेका उनीहरूले बुटवलस्थित एमाले पार्टी कार्यालय घेराउ गरेका हुन् ।
स्वतःस्फुर्त प्रदर्शनमा उत्रिएका जेनजीहरूले यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्ग केन्द्रित प्रदर्शन समेत गरेका थिए । जेनजीहरूको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कफ्र्यू समेत जारी गरेको छ ।
सोमबार अपराह्न चार बजेदेखि राति १० बजेसम्म कफ्र्यू जारी गरिएको हो । सरकारविरुद्ध जेनजीहरु देशैभर आन्दोलनमा उत्रिएका छन् । आनदोलनका क्रममा काठमाडौंमा १४ जनाको मृतयु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।














