Logo
Logo

काठमाडौं र पोखरापछि बुटवल-भैरहवामा पनि कर्फ्यु


315
Shares

काठमाडाैं । जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शन तनावग्रस्त बनेपछि रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल र भैरहवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

अहिले अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए ।यसअघि काठमाडौं र पोखरामा पनि कर्फ्यु आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्