काठमाडौं । जेनजी प्रदर्शनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन । यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कर्फ्यु लगाइए छ ।
जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कर्फ्यु लगाइएको थियो । आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए ।














