Logo
Logo

कांग्रेस नेता बालकृष्ण खाँणको घरमा तोडफोड


4.1k
Shares

काठमाडौं ।  रुपन्देहीमा ‘जेनजी’ आन्दोलनको नाममा युवाहरूले सोमबार बिहानदेखि गरेको प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको घरमा तोडफोड गरेका छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रदर्शनकारीले ढुङ्गा हानेर खाँणको घरको मूल गेट र केही झ्यालका सिसा फुटाएका छन् ।

The current image has no alternative text. The file name is: khad.gif

खाँणका भाइ, कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले घरमा उनकी आमा र भाउजू मात्र रहेको थिए । भैरहबाट  फर्केको समूहले घरमा तोडफोड गरेको गरेको जनाइएको छ । 

प्रदर्शनकारीले नेपाली कांग्रेस र एमालेको रुपन्देही कार्यालयमा तोडफोड गरेका छन् ।  कांग्रेस कार्यालयमा दुई गाडी र चार मोटरसाइकलमा क्षति  पुगेको छ ।  एमाले जिल्ला कार्यालय र बुटवलस्थित प्रदेश कार्यालयमा पनि ढुङ्गा प्रहार गरिएको छ ।

आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।  कर्फ्यू बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र मुख्य राजमार्ग आसपासका क्षेत्रमा लागू छ। यी क्षेत्रमा भेला, जुलुस वा कुनै अवरोधजनक गतिविधि निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्