Logo
Logo

जेनजी प्रदर्शनले काठमाडौंका भित्री सडकसम्म चर्कियो तनाव


756
Shares

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सुरु भएको जेनजी आन्दोलन शनिबार दिनभरि काठमाडौंका विभिन्न क्षेत्र विशेष गरी बानेश्वर क्षेत्रमा निकै तनावग्रस्त रह्यो।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति झनै बिग्रिएको हो। प्रहरीको गोली प्रहारका कारण काठमाडौं उपत्यकामा १६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

सहकर्मीको मृत्युले आक्रोशित भएका प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवन अगाडि सडक कब्जा गर्दै दिनभर प्रदर्शन गरे।

प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले दर्जनौं गोली र अश्रुग्यास प्रहार गरे पनि प्रदर्शनकारीहरू पछि हटेनन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्फ्यू आदेश जारी गर्‍यो।

तर कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन अझै चर्किंदै गएको छ। प्रहरीले बल प्रयोग गरेर मुख्य सडक खाली गराएपछि प्रदर्शनकारीहरूले अब भित्री सडकतर्फ प्रदर्शन सार्न थालेका छन्।

अहिले बानेश्वर आसपासका भित्री सडकहरू पनि तनावग्रस्त छन्। स्थानीयबासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

जेनजी आन्दोलनका कारण काठमाडौं उपत्यका व्यापक रूपमा प्रभावित बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्