Logo
Logo

राप्रपाले भन्यो-सरकार तत्काल विघटन हुनुपर्छ


126
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल सरकार विघटन गर्न आह्वान गरेको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको औचित्य सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको हो । 

The current image has no alternative text. The file name is: rajendra-linden.jpg

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले बताएको छ । राप्रपाले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथिको जङ्गली रवैया, स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र  देखाएको आरोप लगाएको हो । राप्रपाले आजको बर्बर दमनपूर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रूर र दुस्खद घटनाको रूपमा लिएको छ ।

साथै अन्य दलहरूले पनि  प्रधानमन्त्री तथा गृहमन्त्रीको राजीनामा माग गरेका । उनीहरूले युवाका जायज मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । रास्वपाले अहिलेको सरकार भङ्ग गरी अर्लि निर्वाचनमा जान आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्