Logo
Logo

जेनजी आन्दोलनमाथिको सरकारी दमनप्रति राष्ट्र सङ्घको चासो


2.3k
Shares

काठमाडौं । नेपालमा आज जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूप्रति संयुक्त राष्ट्र सङ्घकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर हम्दीले गहिरो दुख व्यक्त गरेकी छिन् ।

The current image has no alternative text. The file name is: baneshor.gif

फेसबुकमार्फत उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै सबै पक्षलाई संयम र सावधानी अपनाउन आह्वान गरेकी छिन् । साथै, नागरिकले आफ्ना लोकतान्त्रिक अधिकार शान्तिपूर्ण र सुरक्षित रूपमा प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग उनले अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्