
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरु अहिले मुख्यमन्त्री कार्यालयभित्रै प्रवेश गरेका हुन् ।
सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि उग्र बनेका उनीहरुले आज पुनः देशभर आन्दोलन चर्काएका छन् ।उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।














