Logo
Logo

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार


189
Shares

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्र्शनमा १९ जनाको मृत्यु भएपछि आज दोस्रो दिन झन आन्दोलन देशभर चर्किएको छ । अहिले पनि जेनजीहरु देशका विभिन्न ठाउँमा तोडफोड तथा आगजनी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्