Logo
Logo

एमाले र कांग्रेसको मुख्यालयमा आगजनी र तोडफोड


441
Shares


काठमाडौं । आन्दोलनकारीहरुले नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

आन्दोलनकारी जेनजी युवाहरुले च्यासलस्थित एमाले मुख्यालय र सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् ।

सोमबार भएइको प्रदर्शनमा प्रहरीको दमनबाट १९ जनाको ज्यान गएपछि आक्रोशित भएका जेनजी युवाहरुले आज दोस्रो दिन झन आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया दिनुहोस्