Logo
Logo

भारतले भन्यो- नेपालको घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ


1.3k
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको भन्दै भारतले शान्तिपूर्ण र संवादमार्फत समस्या समाधान हुने आशा व्यक्त गरेको छ ।

मंगलबार भारतीय विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको घटनाक्रमप्रति प्रतिक्रिया जनाएको हो । ‘नजिकका मित्र र छिमेकीको हैसियतले हामी सबै सरोकारवालाले संयमता अपनाउने र कुनै पनि समस्या शान्तिपूर्ण तरिका र संवादमार्फत समाधान गर्ने आशा गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले मृतकहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले हिजोदेखि नेपालमा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र धेरै युवा जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्छौँ। मृतकहरूका परिवारहरूप्रति हाम्रो समवेदना र प्रार्थना छ । घाइतेहरूलाई छिटो स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

त्यस्त,ै काठमाडौँ र नेपालका अन्य धेरै सहरहरूमा निषेधाज्ञा लगाएको भन्दै नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाली अधिकारीहरुले जारी गरेका निर्देशन पालना गर्न समेत आग्रह गरेको छ ।

‘नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशन र कदमहरू पालना गर्न सल्लाह दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्