काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दानबहादुर कार्कीले प्रदर्शनकारीमाथि निर्मम दमन नगर्न निर्देशन दिएका छन् ।

मंगलबार मात्र उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका एआइजी कार्कीले रेडियो सेटमार्फत प्रदर्शनकारीमाथि गोली नहान्न निर्देशन दिएका हुन् ।
एक प्रहरी अधिकृतका अनुसार एआइजी कार्कीले निर्देशन दिँदै भने, ‘सामान्य निषेधाज्ञा भित्र रोक्नुस्, गोली नहान्नुस् ।’ सामेबार प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा काठमाडौंमा मात्र १७ जना र इटहरीमा दुईजनाको मृत्यु भएको थियो । त्यसपछि मंगलबार बिहानैदेखि देशका प्रमुख सहरहरुमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजनीतिक दलमा कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन् ।














