Logo
Logo

पूर्वराजाले भने-देशभित्रबाटै समस्याको निकास निकालियोस्


882
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताको आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । मंगलबार उनको संवाद सचिवालयले जारी गरेको विज्ञप्तिमा जेनजी पुस्ताले देश र समाजको हितमा सकारात्मक उद्देश्यका साथ गरेको विरोध प्रदर्शनलाई आम चासोको विषयको रूपमा लिएको उल्लेख छ ।

The current image has no alternative text. The file name is: king.gif

काठमाडौंसहित देशका विभिन्न स्थानमा युवा–युवतीले व्यक्त गरेको आक्रोशप्रति सचिवालयले ध्यानाकर्षण जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घाइते बनाउनु अत्यन्त दुखद् र निन्दनीय छ। यो घटना शान्तिप्रिय नेपाली समाजको मूल्य-मान्यताविपरीत छ ।’ 

पूर्वराजाले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।आन्दोलन हिंसात्मक, अराजक वा बाह्य हस्तक्षेपबाट प्रभावित नहोस् भन्ने पूर्वराजाको चाहना छ । उनले सुशासन र आर्थिक अनुशासनका मुद्दालाई ध्यानमा राखी देशभित्रैबाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएका छन् । युवा पुस्ताको सकारात्मक ऊर्जालाई सम्मान गर्दै शान्तिपूर्ण र रचनात्मक बाटोबाट समाधान निकाल्न उनले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्