
काठमाडौं । प्रदर्शनकारीले नेसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि आगजनी गरेका छन् ।काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन् ।
अहिले पनि प्रदर्शनकारीहरू भट्टराईको घरअगाडि नाराबाजी गरिरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार परिवारका सदस्यहरू हारगुहार गर्दै सामान बाहिर निकाल्न थालेका छन् ।














