
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि आगजनी भएको छ । जेनजी आन्दोलनकारीहरुले केहि बेरअघि शाक्यको कुपण्डोलस्थित घरमा पुगेर आगो लगाएका हुन् ।
सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित भएका जेनजी आन्दोलनकारीहरुले दोस्रो दिन आज मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद भवनसमेत कब्जा गरिसकेका छन् ।














