काठमाडौं । प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन् । भाटभटेनी चेनको यो पहिलो स्टोर हो । आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीले जनाएको छ ।

भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए । यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।














