Logo
Logo

जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल


1.2k
Shares

काठमाडौं । मङ्गलवार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमित रहन र वार्तामा सहभागी हुन अनुरोध गरेका छन् । 

The current image has no alternative text. The file name is: rastpati-3.gif

उनले भने, ‘लोकतन्त्रमा नागरिकका मागलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिन्छ । तसर्थ, सबै पक्षलाई संयमित भई मुलुकलाई थप क्षति हुनबाट जोगाउन र वार्तामा आउन म हार्दिक अपिल गर्दछु ।’

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी दिँदै लोकतन्त्रको सम्मान गर्दै समस्याको समाधानका लागि सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले शान्तिपूर्ण समाधानका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्