काठमाडौं । अभिनेता राजेश हमालले जेनजीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राष्ट्रको सम्पदा जोगाउन अपील गरेका छन् ।

हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरू प्रत्येक नेपालीको भएको बताए ।
‘आठ सेप्टेम्बर नेपालको कालो दिन हो । यत्रो पीडादायी घटना सायदै घटेको थियो । हिजो पाँच छ घण्टाको अन्तरालमा १९ देखि २२ वर्षका युवाहरूको विभत्स हत्या भएको छ । जेनजीले उठाएको मुद्दामा हामी सबैले साथ दिइरहेका छौँ । साथमा हामीले विनम्रता अनुरोध के गर्नुपर्छ भने राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति होइन । त्यसैले तिनको संरक्षण गरौँ । हामी सबैलाई आफ्नो राष्ट्र प्यारो छ ।’
साथै उनले युवाहरूको आक्रोश ५ वर्षको मात्रै नभएको समेत बताए । वर्षौंदेखिको आक्रोश आज पोखिएको उनले बताए । साथै सामाजिक सञ्जाल ब्याण्ड त बहाना मात्रै भएको हमालको भनाइ छ ।














